Follow us: Youtube Android App
सातै प्रदेशले पाए नेतृत्व, यस्ता बने मुख्यमन्त्री
२७ पुष २०७९

काठमाडौँ — प्रदेश निर्वाचनको जनादेशअनुसार सातैवटा प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । सातवटै प्रदेशले बुधबार साँझसम्म मुख्यमन्त्री पाइसकेका हुन् । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि बनेको एमाले र माओवादीसहितको गठबन्धनले संघीय र प्रदेश सरकार गठन गरेको हो ।

गठबन्धनको भागबण्डाअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एमाले नेतृत्वमा सरकार गठन भएको छ । वाग्मती र कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुँदा मधेस प्रदेशमा जसपाले मुख्यमन्त्री पाएको छ ।

निर्वाचन पूर्व कांग्रेस र माओवादी लगायत दलहरू एकातिर तथा एमाले र राप्रपा लगायत दलहरू अर्को गठबन्धन भई चुनावमा गएकोमा सरकार गठनमा भने त्यो तालमेल फेरिएको छ । संघ र प्रदेशमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमतलगायतका पार्टीहरूको सरकार बनेको छ । कांग्रेसले केन्द्रमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षको बेन्चमा बस्ने घोषणा गरेको छ । प्रदेश सरकारलाई उसले विश्वासको मत दिन्छ कि दिँदैन भन्ने निश्चित भएको छैन ...

समाचार स्रोत :