Follow us: Youtube Android App
कास्कीका सीडीओ भन्छन्, अवस्था भयावह छ, कसैलाई जिवित भेट्ने सम्भावना छैन
१ माघ २०७९

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले विमान दुर्घटना भएको स्थानबाट कसैलाई जिवित उद्धार गर्ने सम्भावना करीब सकिएको बताएका छन् । उनले अझैपनि उद्धार कार्य जारी रहेको तर कसैलाई पनि जिवित भेट्न नसकिएको रातोपाटीलाई जानकारी दिए ।

‘हालसम्म २०–२२ जनाको शव निकालिएको छ । आगलागी नियन्त्रणमा आएको छ तर तल विमान नदीको खोँचमा खसेका कारण उद्दारमा कठीनाइ भएको छ’, उनले भने, ‘ अवस्था भयावह छ । कसैलाई जिवित उद्धार गर्न सकिने सम्भावना देखिएको छैन । त्यै पनि हामी लागिपरेकै छौँ ।’

समाचार स्रोत :