काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठकमा बुधबार प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमाथि छलफलको क्रममा केही रोचक दृश्य देखिए ।
नेपाली कांग्रेस र नेकपा एमाले प्रदेश १ को नाम कोशी राख्ने पक्षमा एकमत देखिए भने लिम्बुवान–किरात प्रदेश राख्नुपर्छ भन्नेहरू अल्पमतमा परे । लामो समयदेखि पहिचानमा आधारित प्रदेश नामकरणको पक्षमा उभिँदै आएको नेकपा माओवादी केन्द्रले भने एमालेले प्रस्तुत गरेको प्रस्तावकै पक्षमा मतदान गर्ने निर्णय गर्यो ।
नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने आफ्नो एजेन्डाको झण्डा अन्तिमसम्म उचाले । प्रदेश १ की स्वास्थ्य मन्त्री निर्मला लिम्बू संसदमा बोल्दाबोल्दै भक्कानिइन् । ‘पहिचान विरोधीहरूको बहुमत भएको पीडाले म द्रवित बनेकी छु । पहिचान खोलानालाले मागेको थिएन,’ प्रदेश १ मा जसपाकी एक्ली सांसद निर्मलाले भनिन्, ‘ती खोलानाला जोगाउने काम नागरिकले गरे, पहिचान तिनैले मागे । तर, जातीय नाममा न्यायको आवाज दबाइयो ...