पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) देखि नियमित रूपमा रात्रिकालीन उडान हुने भएको छ।
विमानस्थलमा उपकरणका आधारमा विमान उडानरअवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएको हो। हाल विमानस्थलबाट बिहान ६:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म मात्र जहाज उडान र अवतरण भइरहेकामा अब आवश्यकताका आधारमा राति १२:०० बजेसम्म उडान गर्न सकिने बताइन्छ ...