Follow us: Youtube Android App
पेटबाट रक्सीको बोतल निकालियो
२५ फागुन २०७९

चितवन । पुरानो मेडिकल कलेज भरतपुरले पेटभित्र रक्सीको बोतल पसेको अवस्थामा आएका बिरामीको सफल शल्यक्रिया गरेको छ।  

रौतहटको गुजरा नगरपालिका–९, अमतबा टोलका २६ वर्षीय युवकको मलद्वारबाट रक्सीको बोतल पेटमा छिरेको थियो। बोतल छिरेपछि स्थानीय मेडिकलमा उपचार गर्दा सम्भव नभएपछि चन्द्रनिगाहपुर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ एक्सरे गर्दा पेटमा बोतल देखिएपछि बिरामीलाई उपचारका लागि भरतपुर ल्याइएको थियो।

भरतपुरको पुरानो मेडिकल कलेजमा आएपछि कन्सल्टेन्ट ल्याप्रोस्कोपिक तथा जीआई सर्जन डा. नारायणप्रसाद बेल्बासेको नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो। एक्सरेपश्चात् अपरेसन कोठामा लगेर पेट चिरेर हेर्दा ठूलो आन्द्रा फुटेर बोतल बाहिर निस्केको अवस्थामा भेटिएको उहाँले बताउनु्भयो। उहाँले भन्नुभयो, “बोतल निकालेर पेटलाई सफा गरियो। फुटेको भागलाई सिलाइदिएका छौँ। मलद्वारबाट बोतल छिराइएको पाइयो ...

समाचार स्रोत :