Follow us: Youtube Android App
‘जनप्रतिनिधिलाई विश्वास गर्दा डुबियो’
५ जेठ २०८०

विराटनगर : मोरङको पथरी शनिश्चरेका कल्याण श्रेष्ठ (नाम परिवर्तन) नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान तयार भए। अमेरिका जाने योजना बनाएर ४ वर्षअघि १० लाख रुपैयाँ पनि बुझाए। नक्कली भुटानी खडा गर्ने गिरोहलाई बुझाएको नगद अहिलेसम्म फिर्ता पाएका छैनन्। न त अमेरिका जान नै पाए। त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा सागर राईलाई जिताउन कल्याण कम्मर कसेरै लागेका थिए।

जग्गाको कारोबार गर्ने कल्याणसँग थोरबहुत पैसा साथमा भइरहन्थ्यो। सागर कांग्रेसबाट उम्मेदवार बनेर पथरी शनिश्चरे नगरपालिका–१० को वडाध्यक्षमा प्रतिस्पर्धा गर्दै थिए। त्यसअघि सागरको राजनीतिक पृष्ठभूमि खुलेको थिएन। चुनाव आउने बेलामा पार्टीमा भिœयाएर टिकट दिलाउन केशव दुलालले भूमिका खेलेको कांग्रेसका नेता कार्यकर्ता बताउँछन्।

नभन्दै सागरले चुनाव पनि जिते। वडामा अन्य जनप्रतिनिधि नेकपा (एमाले)बाट विजयी भएका थिए। वडाध्यक्षमात्रै कांग्रेस अर्थात् सागरले जितेका हुन्। त्यसले पनि सागर स्थानीयस्तरमा लोकप्रिय थिए भन्ने कुरा प्रस्ट पार्छ। बाबु–आमा अमेरिका बस्ने भएकाले उनलाई खर्चको अभाव थिएन। त्यसका आधारमा उनी चुनावी परिणाम आफ्नो पक्षमा पार्न सफल भए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सागर र केशवलगायतमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ...

समाचार स्रोत :