Follow us: Youtube Android App
जंगलको डढेलो बस्ती पस्दा प्यूठानमा ११ घर जलेर नष्ट
८ जेठ २०८०

प्यूठान — प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङमा आगलागीले ११ घर जलेर नष्ट भएका छन् । आइतबार राति धाइरेनी सामुदायिक वनको डढेलो बस्तीमा पस्दा ११ घर र ८ गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।

स्वर्गद्वारीको पाटिखर्कमा जगंलको आगो निभाउँदा ३ जना घाइते भएको स्वर्गद्वारी नगरपालिका–५ का वडा अध्यक्ष गिरबहादुर घर्तीले बताए ।

जगंलको डढेलो बस्तीमा पस्दा घर र गोठ जलेका हुन् । स्थानीय, प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रणमा आएको बताए ...

समाचार स्रोत :