Follow us: Youtube Android App
सलमान खानले २५० करोडको अफर अस्वीकार गर्न १ सेकेन्ड पनि लगाएनन्
१० मंसिर २०७७

सलमान खान आफ्नो मनको कुरा सुन्छन्, कहिले के गर्छन् कसैलाई पनि थाहा हुँदैन । सलमानको फिल्म राधे तयार भइसकेको छ र अब यसलाई दर्शकमाझ पुर्याउनका लागि सामान्य परिस्थितीको प्रतिक्षा गरिँदै छ ।


फिल्म ईदमा रिलिज हुनसक्ने पनि अनुमान गरिएको छ । फिल्म राधेको विषयमा पछिल्ला दिनमा विभिन्न प्रकारको अडकलबाजी गरिएको छ । तीमध्ये एक ओटीटी प्लेटफर्मको विषयमा थियो । बलिउडका थुप्रै निर्माताको अहिलेको पहिलो रिलिज भनेको  ओटीटी प्लेटफर्म नै हो । सिंगल स्क्रिन सिनेमाघरहरुका लागि सबैभन्दा धेरै कमाई सलमानको फिल्मबाट हुन्छ र उनीहरु राधेलाई व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ...

समाचार स्रोत :