३४ वर्षअघि रिलिज भएको फिल्म ‘युगदेखि युगसम्म’पछि राजेश हमालले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । करिअरको यो विन्दुसम्म आइपुग्दा पनि हमाल नेपाली फिल्मको ट्रयाकमा बुर्कुसी मार्दैछन् ।
मोडल बन्न कुनै बेला मुम्बई हानिएको राजु नामक ठिटोले कसरी देश फर्किएर राजेश हमालमा आफूलाई बदल्यो ? कसरी ऊ ‘महानायक’ कहलियो ? कसरी उसले ‘स्टारडम’ को मानक खडा गर्यो ? यी प्रश्नको जवाफ निकै रोचक लाग्छन् ।
हालैको एक साँझ राजेश आफ्नो चर्चित अखडा ‘लन्डन क्याफे’ मा अनलाइनखबरसँग गफिए— युट्यूब, प्रकाश सपुतको नयाँ गीत, काठमाडौंको मेयर, गायन, कोभिड महामारी, स्टारडम, फिल्म निर्देशन, रूस–युक्रेन युद्ध र आउने समयको बारेमा । प्रस्तुत छ अनलाइनखबरका लागि विष्णु शर्माले महानायक राजेश हमालसँग गरेको कुराकानीको सम्पादित अंश ...