अभिनेत्री करिष्मा मानन्धर यतिबेला नेकपा एमालेमा प्रवेश गर्न लागेको विषयले चर्चा पाइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटकको भेटपछि उनी एमालेमा प्रवेश गर्न लागेकी हुन् । यसअघि उनले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएर काम गरिन् । नयाँ शक्ति पार्टी संघीय समाजवादीमा एकीकरण भएपछि पनि करिष्माले केही समय काम गरिन् । तर, विस्तारै उनी राजनीतिबाट निष्क्रिय बनिन् ।
नयाँशक्ति पार्टीमा रहँदा डा. बाबुरामसँगै मञ्चमा देखिने करिष्माले आखिर किन छाडिन् त बाबुरामको साथ ? करिष्मा मानन्धरसँग नयाँ शक्ति पार्टीमा राजनीतिक सहकार्य गरेका राजनीतिक विश्लेषक एवं हाल जनता समाजवादी पार्टी (जसपा) का नेतासमेत रहेका डम्बर खतिवडा करिष्माको पाँच वर्षे राजनीतिक जीवनलाई यसरी सम्झन्छन्–
म राजनीतिकर्मी करिष्मा मानन्धर दिदी देशको राम्रो कलाकार र सम्मानित अभिनेत्री हुनुहुन्छ । म पहिलेदेखि नै उहाँको फिल्म हेर्दै आएको मानिस हुँ । उहाँको ‘अरुणी’मा भन्ने फिल्म पनि हेरेको थिए । अभिनय क्षेत्रमा उहाँले जुन भुमिका गर्नु भएको छ । त्यो हामी राजनीतिक क्षेत्रका मानिसले पनि सम्मान गर्ने कुरो हो ...