आफ्नो नेतृत्वमा रहेको समाजवादी जनता पार्टी (सजपा) सहित पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।
उनीहरूलाई आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय (थापाथली) मा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
‘पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको सजपा एमालेमा समाहित हुन लागेको हो’, प्रचार विभागका उपप्रमुख रिजालले मंगलबार बिहान नेपालखबरसँग भने, ‘अभिनेत्री करिश्मा मानन्धर पनि हाम्रो पार्टीमा आउँदै हुनुहुन्छ ...