तनहुँ, काठमाडौं — पल शाहमाथि जबर्जस्ती करणीको आरोप लगाउँदै आएकी किशोरीले अदालतको बकपत्रमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बकपत्र दिने क्रममा उनले आफूलाई पलले बलात्कार नगरेको, अरूको उक्साहट र दबाबमा प्रहरीमा जाहेरी दिएको बयान दिएकी छन् । यसअघि किशोरीले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा समेत पलले आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन् ।
शाहको परिवारले बिहेको प्रलोभन देखाएपछि प्रभावित भएर किशोरीले बयान फेरेको उनका तर्फबाट मुद्दा लडिरहेका एक कानुन व्यवसायी बताउँछन् । ‘केही दिन पहिले पलकी बहिनीले किशोरी र उनको परिवारलाई भेटिछन् । धरधरी रोएर मेरो दाइलाई छुटाइदिनुस्, दुई जनाको बिहे गरिदिने जिम्मा मेरो भयो भनिछन्,’ उनले भने, ‘परिवार र किशोरीको मन पग्लिएछ । अदालत जाने बेला बयान फेर्दैनौं भनेका थिए तर फेरिछन् ।’
यसअघि नाबालिग छोरीमाथि बलात्कार भएको भन्दै अभिभावकले उजुरी गर्ने तयारी गर्दासमेत पटक–पटक रोकिएको थियो । बिहेको प्रलोभन देखाई जाहेरी नदिन आफूलाई प्रभावित गरिएको किशोरीको भनाइ थियो । परिवार र साथीहरूसँग पलले छलफल पनि गरेका थिए । त्यही छलफलका क्रममा रेकर्ड भएको अडियो सार्वजनिकसमेत भयो । अडियोमा शाहले भनेका छन्, ‘उनी प्रेग्नेन्ट भएको भए समस्या छ, बच्चा भएको भए स्विकार्ने कि नस्विकार्ने भन्ने कुरा आउँथ्यो । गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डमा अन्डरस्ट्यान्डिङमा केही भयो होला । अन्डरस्ट्यान्डिङको हिसाबमा सबै हुँदा लास्टमा स्विकार्नैपर्छ, बिहे नै गर्नुपर्छ भन्न मिल्दैन । हामी जिन्दगीभरि सँगै हुन्छौं । म सधैं तिमीसँग बोल्छु, रिप्लाई गर्छु, भइहाल्यो नि ...