नाबालिग गायिका बलात्कार प्रकरणमा साक्षी बनेका विवादित गायक दुर्गेश थापाले सोमबार जिल्ला अदालत तनहुँ पुगेर बकपत्र गराएका छन्।
यो प्रकरण सार्वजनिक हुनुअघिसम्म दुर्गेश र बलात्कार अभियोग लागेका अभिनेता पल शाहबीच घनिष्ठ मित्रता थियो।
तर नाबालिग गायिका र पलबीचको सम्बन्धलाई अदालतसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका उनै दुर्गेश थापाले मंगलबार तनहुँ अदालतमा बकपत्र दिँदै यो घटनाबारे आफूलाई केही थाहा नभएको बताएका छन्...