Follow us: Youtube Android App
सबैलाई हँसाउन खोज्ने अपूर्वलाई राज्यले रुवायो
४ कात्तिक २०७९

काठमाडौँ — लामो बहसपछि अन्तत: काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासबाट बिहीबार साँझ कमेडियन अपूर्व क्षितिज सिंहलाई अढाई लाख धरौटीमा रिहा गर्ने आदेश हुँदा घाम अस्ताइसकेको थियो ।

आदेश आउनेबित्तिकै प्रहरीले अपूर्वको हातमा रहेको हतकडी खोलिदियो भने उनका आफन्त र शुभचिन्तक पैसा जोहो गर्न निस्किए । उनका कानुन व्यवसायी अधिवक्ता शान्तिराम खतिवडाले हतार–हतार अदालत प्रशासनबाट आदेशको एक प्रति निकाले र रिहाइको प्रक्रिया टुंग्याए ।

लामो प्रक्रियापछि धरौटीमा छुटेका अपूर्वको मुहारमा भने हाँसो थिएन । इजलासबाहिरको एउटा कुनामा बसेका उनका आँखा आँसुले भिजेका थिए, बोलीमा कम्पन । आफ्नो कमेडीलाई गलत बुझिएकामा र भिडियो डिलिट गरेर माफी मागिसकेको अवस्थामा राज्यले गरेको क्रूर व्यवहारका कारण उनको मन कुँडिएको छ । भन्छन्, ‘मलाई यो सहर असुरक्षित लाग्न थालेको छ तर पनि यहीँ बस्छु । बोल्न डर लाग्न थालेको छ तर पनि हिम्मत हारेको छैन । कुनै दिन फेरि कमेडी गर्नेछु ...

समाचार स्रोत :