चितवन : लेखकले शब्दमा चित्र झल्काएर कथा तयार गर्छन्। कथाको परिकल्पना अनुसार कलामा जीवन्त दिनुपर्छ। दर्शकलाई वास्तविकताको दुरुस्तै अनुभूति गराउन त्यस अनुसारको सेट चाहिन्छ। शब्दमा लेखिएको विषयलाई कला निर्देशकले थ्रिडीमा रुपान्तरण गर्छन्। जहाँ बनावटीको आभाष नै हुँदैन।
लेखकको स्क्रिप्टलाई मूर्त रुपमा ढाल्न निर्देशक, क्यामेरा, कला निर्देशक र डे«स डिजाइनरको भूमिका प्रमुख हुन्छ। भारतको सिनेमा जगतको सुटिङमा ब्यस्त हुने कला निर्देशक हुन्, अञ्जन गजुरेल। उनले भारतीय चलचित्रमा आफ्नो कन्सेप्टमा ख्याती कमाएका छन्। धनुषास्थित लालगढका गजुरेल भारतीय सिनेमामा आफ्नो कला पस्किन्छन्। पछिल्लो दुई दशकदेखि कला निर्देशकका रुपमा उनी चम्किएका छन् ।
पात्र अनुसारको कला सिर्जना गर्नु उनको काम हो। यस्तै सुटिङका लागि घर बनाउनु, घरभित्रको सेट तयार गर्नु उनको कला हो। भारतमा बन्ने फिल्म, टेलिफिल्ममा कथा अनुसारको कला सिर्जनामा उनलाई भ्याइनभ्याइ छ। फिल्ममा कल्पना गरिएको दृष्यका लागि सेट तयार गर्नु उनको मुख्य जिम्मेवारी हो। दृष्यसहितको कलाको सिर्जना चाहिन्छ। शब्दको चित्र तयार गर्न कलाको माध्यमबाट साँच्चिकैको अनुभूति गराउन उनले कला निर्देशन गर्दै आएका छन्। ‘हाम्रो कन्सेप्ट बनावटी हुँदैन। दुरुस्तै देखिने खालको दृष्य सिर्जना गर्नु पर्छ। पर्दामा हेर्दा कसरी राम्रो सिर्जना गर्ने भन्ने ध्याउन्न हुन्छ’ उनले भने, ‘एक सेकेन्डभित्र मानिसको ध्यान क्लिक बनाउनु पर्छ। त्यसका लागि कला सिर्जना गर्नु चुनौती नै हुन्छ ...