Follow us: Youtube Android App
लेभरकुसेनलाई पराजित गर्दै मिलान युरोपा लिगको सेमिफाइनलमा
२७ साउन २०७७

एजेन्सी । इटालियन सिरि ए क्लब इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम आठमा भएको खेलमा जर्मन क्लब बायर लेभरकुसेनलाई २-१ गोलले पराजित गर्दै युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।


सोमबार राति भएको खेलमा मिलानको जितका लागि निकोलो बेरेल्ला र रोमेरो लुकाकुले एक एक गोल गरे । लेभरकुसेनका लागि काई हाभर्टले एक गोल फर्काएका थिए । तीन ओटै गोल पहिलो हाफमा भएका थिए । खेलको १५ औं मिनेटमा बेरेल्लाले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । त्यसको छ मिनेटपछि लुकाकुले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ...

समाचार स्रोत :