काठमाडौं– नेपालका लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन दिनप्रतिदिन राम्रो हुँदै गएको छ। क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा सन्दीपले खेलेका तीन संस्करणलाई मूल्याङ्कन गर्दा पनि यो पटक झनै उनको प्रदर्शन जुझारु देखियो।
सन्दीप लामिछानेआबद्ध टिम जमैका तलावाज यो संस्करणको सिपिएल क्रिकेटमा सेमिफाइनलभन्दा अघि बढ्न सकेन। सिपिएलमा तलावाजको ब्याटिङ बिर्सन लायक रह्यो भने सन्दीप र मुजिब उर रहमान जस्ता लेग स्पिनरको खुबै तारिफ भयो। टिमका लागि मात्रै हैन सिपिएलमै सन्दीप उत्कृष्ट बलरहरुमा ठहरिए। लिग चरणका प्रत्येक खेलमा विकेट लिने उनी तलावाजका एक मात्र बलर हुन् ...