Follow us: Youtube Android App
मुख्य प्रशिक्षक फिलिप्स भन्छन्- नेपाल एसियन कपमा छनोट हुने सम्भावना छ
१४ फागुन २०७७

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमका नवनियुक्त मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले महिला टिमले एएफसी एसियन कप खेल्ने सम्भावना रहेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टेक्निकल कमिटीको प्रस्तावमा बिहीबार एन्फाका टेक्निकल डिरेक्टर समेत रहेका अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

फिलिप्सले अब एक वर्षभन्दा बढी समयदेखि रिक्त महिला टिमको प्रशिक्षकको रुपमा काम थाल्नेछन् । प्रशिक्षक नियुक्त भएपछि फिलिप्सले यस कामका लागि आफू गम्भीर रहेको बताएका छन् । उनले नेपाली महिला फुटबलको भविष्य राम्रो रहेको भन्दै अर्को वर्ष भारतमा हुने एएफसी एसियन कप खेल्ने सम्भावना रहेको बताएका हुन् ...

समाचार स्रोत :