काठमाडौं : बलत्कार आरोप लागेका नेपाल क्रिकेट संघ (क्यान)का राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन्। उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफू निर्दोष भएको बताएका हुन्।
लामिछानेले ट्विट गर्दै आफूलाई नेपालको कानूनमा पूर्ण विश्वास भएको र केही दिनपछि सीपीएल छाडेर नेपाल फर्कने बताए। उनले भने, 'म निर्दोष छु र नेपालको सम्मानित कानूनमा पूर्ण विश्वास गर्छु। केही दिनमै सीपीएल छाडेर नेपाल फर्कने निर्णय गरेको छु।'
कानूनले सबैलाई समान न्याय दिने आश भएको बताउँदै उनले भने, 'म यी सबै आधारहीन आरोपहरूको सामना गर्न तयार छु। निर्दोषलाई न्याय मिलोस् र कार्यमा सहभागी सबैमाथि सही छानबिन होस्। आशा छ कानुनले सबैलाई समान न्याय दिनेछ।'