काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन् ।
एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने बताएका छन् ।
‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन् ...