बलात्कारको आरोप लागेपछि पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने ५ दिनदेखि प्रहरी हिरासतमा छन्।
कतारको दोहा हुँदै आउने क्रममा गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनलाई बुधबारसम्म थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
सोमबार म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो।
प्रहरीले १० दिन म्याद मागे पनि अदालतले तीन दिन कम दिएको छ। सन्दीप लामिछानेले आफ्नो मुद्दाको टुंगो छिटो लगाइदिन अनुरोध गरेका छन् ...