Follow us: Youtube Android App
नवौं राष्ट्रिय खेलकुद : यस्तो हुनेछ उद्घाटन
२८ असोज २०७९

पोखरा — नवौं राष्ट्रिय खेलकुदको पोखरा रंगशालामा शुक्रबार हुने औपचारिक उद्घाटन सत्र राष्ट्रिय खेलकुद परिषद्ले भव्य बनाउने तयारी गरेको छ । विभिन्न विद्यालयका विद्यार्थी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी र खेल पदाधिकारीको सहभागिताले उद्घाटनलाई स्मरणीय बनाउने राखेपको प्रयत्न छ ।

राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले दिउँसो ४ः३० बजे गर्दै छन् । यसपल्टको उद्घाटन समारोह अघिल्ला संस्करणका भन्दा फरक र ऐतिहासिक हुने समारोह उपसमितिका संयोजक एकेन्द्र कुँवरको दाबी छ । उनका अनुसार रंगशालाको फुटबल स्टेडियममा उपराष्ट्रपतिको आगमनसँगै नेपाली सेनाले राष्ट्रिय गानमा ब्यान्ड सलामी प्रस्ततु गर्नेछ । त्यसपछि सुरु हुनेछ मार्चपास । मार्चपासको अगाडि समुद्घाटन ब्यानर हुनेछ । एपीएफका ९ जना नवौं राष्ट्रिय खेलकुदको मस्कट ‘जरायो’ को भेषमा प्रस्तुत हुनेछन् ।

नवौंमा पहिलोपल्ट ‘राष्ट्रिय रनिङ ट्रफी’ बनाइएको छ । १० तोला चाँदी र दुई तोला सुन जडित उक्त ट्रफी ६ प्रदेश र तीन विभागीय टिमको मुख्यालय पुर्‍याएर गण्डकीमा ल्याइएको छ । उक्त ट्रफीका सद्भावनादूत ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता करातेका दीपक श्रेष्ठ, राष्ट्रिय खेल भलिबलको महिला टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई मार्चपासमा सहभागी हुनेछन् । नेपाली सेनाको झन्डा मार्चपास हुनेछ । सहभागी ११ टिमका खेलाडी, जज रेफ्री, १६ विद्यालयका एक हजार दुई सय विद्यार्थीको मार्चपासमा सहभागिता रहनेछ । गण्डकी प्रदेशका विभिन्न १२ जातजातिका संस्कृति झल्कने झाँकी प्रस्तुत हुनेछ ...

समाचार स्रोत :