Follow us: Youtube Android App
सन्दीपविरुद्धको बलात्कार मुद्दामा प्रहरीले सक्यो अनुसन्धान, १२ वर्ष कैद माग
६ कात्तिक २०७९

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा प्रहरीले अनुसन्धान टुंग्याएको छ। शुक्रबार अपराह्न अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले बताए।

‘प्रहरीले शुक्रबार अन्तिम समयमा प्रतिवेदन ल्याएको छ। हामीले हेर्न भ्याएको छैन’, नेउपानेले भने, ‘भोलिबाट अदालत बिदा हुने भएकाले तिहार बिदाअघि मुद्दा दर्ताको सम्भावना कम छ।’

सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय गर्न प्रहरीको राय छ। कानुनमा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षसम्मका नाबालिगलाई जबरजस्ती करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सन्दीप दोषी देखिएको भन्दै प्रहरीले प्रतिवेदन बुझाएको हो ...

समाचार स्रोत :