Follow us: Youtube Android App
करिअरको एक हजारौं खेलमा मेस्सीको गोल, अर्जेन्टिना क्वाटरफाइनलमा
१८ मंसिर २०७९

काठमाडौं । करिअरको १ हजारौं गोलमा मेस्सीले जादुयी प्रदर्शन गर्दा दुईपल्टको विश्व च्याम्पियन अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

३५ वर्षीय मेस्सी करिअरको १६९ अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए । टिमलाई अर्को चरणमा पुर्याउनका लागि मेस्सीले आवश्यक समयमा शानदार प्रदर्शन गरे । उनीहरु आगामी शुक्रबार नेदरल्याण्ड्ससँगको क्वाटरफाइनल खेलका लागि तयारी गर्नेछन् ।

अष्ट्रेलियाको रक्षात्मक रणनीतिले अर्जेन्टिनालाई पहिलो हाफमै समस्यामा पारेको थियो । तर, पीएसजीका स्ट्राइकर मेस्सीले विश्वकपको नकआउट चरणमा पहिलोपल्ट गोल गर्ने क्रममा शानदार प्रहार गरे । कतारको अहमद विन अली रंगशालामा उपस्थित अर्जेन्टिनी समर्थकमा यो गोलको खुसी हेर्नलायक थियो ।

दक्षिण अमेरिकी टिमका विश्वभर रहेका समर्थकको खुसी दोब्बर बनाउँदै युवा स्ट्राइकर जुलियन अल्भारेजले गोल गरे । उनले अष्ट्रेलियन गोलरक्षक म्याट रायनको गल्तीको फाइदा उठाउँदै ५७औं मिनेटमा पेनाल्टी एरियाबाट सहज गोल गरेका थिए ...

समाचार स्रोत :