Follow us: Youtube Android App
कोरियाविरुद्ध शानदार जितसँगै ब्राजिल क्वार्टरफाइनलमा
२० मंसिर २०७९

दोहा: अन्तिम १६ मा दक्षिण कोरियालाई ४-१ गोलको नतिजामा पराजित गर्दै पाँच पटकको च्याम्पियन ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।

९७४ रंगशालामा एसियाली मुलुकमाथि सुरुआतदेखि नै आक्रामक बनेको ब्राजिलले सातौं मिनेटमा अग्रता लिएको थियो। राफिन्हाले दायाँ तर्फबाट गरेको क्रसमा रिचार्लिसन र नेइमारले ट्याप इन गर्न नसक्दा बायाँतर्फ अन्मार्क्ड रहेका भिनिसियस जुनियरको खुट्टामा बल पुगेको थियो। भिनिसियसले पेनाल्टी एरिया भित्रबाट सहज प्रहार गर्दै ब्राजिलको खाता खोलेका थिए।

वु योङ जुङले रिचार्लिसनलाई १८ यार्ड बक्समा फाउल गरेपछि ब्राजिलले पेनाल्टीमार्फत अग्रता दोब्बर पार्ने मौका पाएको थियो। सोही पेनाल्टीलाई गोलमा परिणत गर्दै नेइमारले अग्रता २-० मा लम्ब्याएका थिए ...

समाचार स्रोत :