काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ व्यवस्थापन गर्न काठमाडौं महानगरले के गरिरहेको छ ?
महानगरलाई मात्रै होइन उपत्यकालाई नै एउटा यूनिटको रुपमा हेरेका छौं । हामी उपत्यकाका १८ जना मेयरहरु एकै ठाउँमा छौं । कोरोना नियन्त्रण गर्न संयुक्तरुपमा प्रयास जारी छ । कतिपय निर्णय महानगरले मात्रै पनि गरेको हुन्छ । लकडाउनको बेला हामीले गरेको कामको प्रशंसा गर्दै सरकार र स्थानीय जनताले धन्यवाद दिएका छन् । हाम्रो प्रयासले विगतमा कोरोना संक्रमण फैलिन पाएन तर अहिले बढेको छ । काठमाडौं महानगरभित्र मात्रै ३ सयजना भन्दा बढी संक्रमित छन् ...