Follow us: Youtube Android App
'माधव कमरेडले निरीहता प्रदर्शन गर्नुभयो'
१४ असार २०७९

काठमाडौँ — पार्टीभित्रको पूर्व भागबन्डाअनुसार नेकपा एकीकृत समाजवादीले आइतबार सरकारमा संलग्न आफ्ना मन्त्रीहरु फेरबदल गरेको छ । तर मन्त्री फेरबदल प्रकरणले नेकपा एसभित्र भने कलहको बीउ रोपिएको छ । नेकपा एस पार्टीभित्रको कार्यशैली कस्तो छ भन्ने मन्त्री फेरबदल प्रकरणमा बाहिर छताछुल्ल भएको छ ।

मन्त्री चयन प्रकरणले पार्टी भित्र निम्तिएको रडाको कस्तो खालको हो ? यसै सन्दर्भमा हालै सरकारबाट बाहिरिएकी निवर्तमान मन्त्री तथा नेकपा एसकी सचिव रामकुमारी झाँक्रीसँग इकान्तिपुरका दुर्गा खनालमणि दाहालले गरेको कुराकानी:

तपाईं मन्त्री भएर मन्त्रालय छिर्दै गर्दा एउटा माहोल थियो । तर मन्त्रीबाट बाहिरिंदै गर्दा भावुक बन्नुभयो । तपाईंको त्यो आँसुको अर्थ के थियो ?

म मन्त्री हुँदा पनि सायद त्यस्तो धेरै खुसी थिईनँ । एउटा पार्टी फुटाएर नयाँ आन्दोलन सिर्जना गर्नुपर्छ भनेर लागेका थियौं । बिग्रेको बाटोलाई करेक्सन गर्ने भनेर आएका थियौं । संसद् विघटन भएको अवस्थामा संविधान निष्प्रभावी हुने हो कि भन्ने थियो । कयौं संवैधानिक प्रश्न उठेका थिए । खासगरी म पनि संलग्न रहेको पार्टीको पूर्ववर्ति सरकारका कारण ०६२/०६३ का आन्दोलनका उपलब्धीमा कुनै न कुनै हिसाबले प्रश्नचिन्ह उठेका थिए ...

समाचार स्रोत :