Follow us: Youtube Android App
राजनीति : सेवा कि पेसा ?
१४ असोज २०७९

स‌ंविधान जारी भएपछि दोस्रो आम निर्वाचनको तयारीमा छौं। संघीय संसद् र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हँुदैछ। राजनीतिक पार्र्टीहरू आआफ्ना उम्मेदवारहरू तय गर्ने विषयमा लागिरहेका छन्। तर हरेक राजनीतिक दल आफूले लिएको निष्ठा र सिद्धान्तका आधारमा उम्मेदवार चयन गरिरहेका छन् ? प्रश्न उठेको छ। जनगुनासोलाई हेर्ने हो भने अब के राजनीतिक हिसाबमा हामी जुन ढंगले अगाडि बढिरहेका छौं र निर्वाचन प्रणाली वा तरिका जे ढंगले अवलम्बन गरिरहेका छौं, त्यसले हामीलाई निकास दिन सक्ला त ? पैसा नहुने निष्ठा तर इमानको राजनीति गर्नेले अहिले टिकट पाए भने कसरी निर्वाचन जित्ला ? उसँग निष्ठा छ तर पार्टीको सिद्धान्त अवलम्बन गर्ने क्षमता पनि छ तर छैन केवल पर्याप्त रकम।

यसरी हामीले निर्वाचन प्रणालीलाई यसरी खर्चिलो बनाइरहेका छौं कि त्यो उम्मेदवार त के मुलुकलाई धान्न कठिन हुँदैछ। इमान्दार मान्छे र नैतिकवान् मुलुकलाई निकास दिन सक्ने तर राजनीतिमा उहाँहरूको सहभागिता कसरी हुने भन्ने प्रश्न आज जटिल रूपमा उभिएको देखिन्छ। यसरी विश्लेषण गर्ने हो भने समानुपातिक प्रणाली र प्रत्यक्ष निर्वाचन प्रणालीभित्र थुप्रै खालका प्रश्न उठेका छन्। घरपरिवारका मान्छेलाई मात्रै लाने, हरेक राजनीति पार्टीले नाता सम्बन्धलाई केलाउने र त्यसलाई टिकट दिएर अगाडि बढाउने गरिएको छ। यस परिपाटीलाई पार्टीरूपले कसरी रोक्ने ? समग्रमा चुनौतीपूर्ण अवस्था मुलुकमा आएको देख्छु। भुइँमान्छेको समस्या बुझेको छ, उसले जनतासँग सामीप्य राखेर काम काम गर्न सक्छ तर पैसा छैन भने ऊ राजनीतिमा अगाडि जान सक्तैन।

निष्ठाको हिसाबले हेर्दा आफ्नै पार्टीको सरकार ढालेर अर्को पार्टीको सरकार बनाउन उद्यत् हुने र पार्टी फुटाइहाल्ने संस्कार पनि चल्ने गर्छ। यस्तो लोभपापले भरिएको राजनीतिलाई नजिकबाट नियाल्ने काम हुन थालेको छ। त्यसैले स्वतन्त्रहरूको चहलपहल बढेको देखिन्छ। हर्क साम्पाङ (धरान) र बालेन्द्र साह (काठमाडौंं)का दुई पात्र मात्र होइन, यो असन्तुष्टिबाट जन्मिएको मत परिणाम पनि हो। जुन धेरैले आकलन गरेको विषय हो। आज युवा राजनीतिमा राम्ररी लाग्नु भएको छ। उहाँहरूलाई २०६२–६३ को आन्दोलनमा सहभागी भएकाको पीडा थाहा छैन। सक्रिय राजतन्त्रमा कति दमन थियो ? वा राजा ज्ञानेन्द्रले २०६० को दशकताका कसरी राजनीतिलाई हातमा लिएर निरंकुशता लाद्ने कोसिस गरेको थियो ? अहिलेका २५ वर्षमुनिका युवालाई थाहा छैन। स्वतन्त्र–स्वतन्त्र भनेर स्वतन्त्र उम्मेदवारका कुरा गरेर हिँडिरहनु भएको छ। जसले यो विषय बुझिरहेका छैनन्।

समाचार स्रोत :