Follow us: Youtube Android App
अर्थतन्त्र गम्भीर मोडमा, यसको सुधार अबको पहिलो प्राथमिकता बन्नुपर्छ
२८ कात्तिक २०७९

आजको दिनमा साना तथा मझौला उद्योगी र व्यवसायीहरु साह्रै निरास छन् । उनीहरु गुहार माग्दै सडकसम्म आएका छन् । उनीहरुले के त्यस्तो समस्या भोग्नुपर्यो, जसले उनीहरुलाई विरोध प्रदर्शनसम्म ल्यायो भनेर गहिराइमा पुगेर बुझ्न आवश्यक छ ।

अहिले अर्थतन्त्रमा सबैभन्दा ठूलो समस्या मागमा आएको संकुचनले ल्याएको छ । हरेक जस्तो क्षेत्र यो समस्याबाट पीडित छ । स्टिलको व्यापार र माग ६० देखि ७० प्रतिशत खस्केको छ । सिमेन्टको व्यापार ५० प्रतिशतले संकुचित भइसकेको छ । अटोमोबाइलको व्यापार ७० प्रतिशत कम छ । प्लाष्टिक उद्योगको उत्पादन ३० प्रतिशत संकुचित बनिसक्यो । दैनिक उपभोग्य वस्तु र पेय पदार्थको मागमा पनि १५ प्रतिशत संकुचन आएको छ ।

निर्माणको काममा पनि साह्रै गिरावट आएको छ । निर्माणका लागि व्यवसायीलाई पैसा र काम दुवैको अभाव छ । इन्जिनियरिङ इन्डस्ट्रिजमा झण्डै ३० प्रतिशतको डाउन छ । यस्तो बेलामा विकास खर्च पनि सुकेको छ । निर्माण व्यवसायीसँग ठेक्का छैन । विभिन्न कारणले निर्माण व्यवसायीले काम गर्न सकेका नै छैनन् ...

समाचार स्रोत :