काठमाडौं । पछिल्लो समय देशका हरेक क्षेत्रमा प्रविधिले स्थान पाइरहेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन कारोबारले पनि सोही अनुरुप प्राथामिकता पाइरहेको छ ।
त्यसैको प्रतिफल होला, राष्ट्र बैंकले पनि पछिल्लो समय डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने खालका निर्णय गरिरहेको छ ।
जसले गर्दा आज तरकारी बजारमा क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न सकिने भएको छ । त्यति मात्रै हाेइन, अब सार्वजनिक सवारी साधनमा पनि आधुनिक प्रविधिको प्रयोग हुने भएको छ ...