काठमाडौं । सरकारले ललितपुरस्थित खुमलटारमा निर्माण गर्न लागेको आईटी पार्कको काम अगाडि बढ्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतकाे सूचना प्रविधि विभागले हालै पार्कको सीमा पर्खाल निर्माणका लागि हिमानी/काव्या कस्ट्रक्सनलाई ठेक्का दिने निर्णय गरेको छ ।
गत माघ २६ गते विभागबाट गोरखापत्रमा प्रकाशित ई-बिडिङ आह्वानबाट प्राप्त बोलपत्रअनुसार मूल्यांकन समितिले सो कम्पनीलाई सिफारिस गरेको हो ।
विभागले आज गोरखापत्रमा बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गर्दै दोस्रो चरणको कामस्वरुप पर्खाल निर्माणको जिम्मा सो कम्पनीलाई दिएको हो ।
पर्खाल निर्माणका लागि सो कम्पनीले ३४ लाख ७१ हजार ३६० रुपैयाँ (मु.अ.क. सहित) कबोल गरेको छ ...