सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ। फेसबुकको बगमा देखिएको समस्याको कारण धेरैको पेजमा फलोअर्स ह्वात्तै घटेका छन्।
फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरवर्ग आफैं पनि यो समस्याको सिकार बनेका छन्। उनको फलोअरको संख्या अहिले ९ हजार ९९९ मा झरेको छ। यसअघि उनको फलोअर्सको संख्या करिब ९ करोडको हाराहारीमा थियो।
त्यस्तै नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले पनि आफ्नो पेजमा फलोअर्स घटेको गुनासो गरेका छन्। उनले भनेका छन्, ‘ मेरो २ लाख ९४ हजार फलोअरबाट ९९०० फलोअरमा झारीदिएको देखिन्छ। फेसबुक कम्पनी मेटा नै कसैले ह्याक गरिदिएजस्तो छ ...