Follow us: Youtube Android App
अव्यवस्थित तार हटाउने काम शुरु, यी ठाउँमा केही समय इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने
२७ कात्तिक २०७९

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले  पुनः अव्यवस्थित तार हटाउन थाल्ने भएका छन् । निजी इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सिंहदरबार वरपरका क्षेत्रबाट अव्यवस्थित तार हटाउन लागेको जानकारी दिएको छ ।

यसअन्तर्गत भाेलि पुतलीसडक-माइतीघर क्षेत्रबाट तार व्यवस्थापन गरिने आईस्पानले जनाएको छ । त्यसपछि क्रमैसँग माइतीघर-हनुमानथान, हनुमानथान-भाटभटेनी सुपरमार्केट, हनुमानथान-अनामनगर र अनामनगर-पुतलीसडक क्षेत्रका अव्यवस्थित तार हटाइने आईस्पानले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका ट्राफिक कार्यालय लगायतका अधिकारीहरूकाे उपस्थितिमा तार व्यवस्थापन गर्न लागेकाे आईस्पानका अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए । उनका अनुसार तार व्यवस्थापनका क्रममा केही समय इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने छ ...