Follow us: Youtube Android App
‘अवैध’ मोबाइल नचल्ने
१० पुष २०७९

काठमाडौँ, पुस १० गते । भन्सार प्रणाली छलेर भित्र्याइएका मोबाइल प्रयोग निरुत्साहित गर्ने उद्देश्यसहित स्थापना गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आउँदो शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।  यसअघि असोज १ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको हो । प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर शुक्रबारदेखि एमडीएमएस पूर्ण सञ्चालनमा आउने भएकाले असोजयता व्यक्तिगत तवरबाट ल्याइएका मोबाइल दर्ता गरेरमात्र प्रयोगमा ल्याउन अनुरोध गरेको छ ।

प्राधिकरणले गत भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइल आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकेको छ । तर त्यसपछि आएका धेरै मोबाइल दर्ता नरहेकाले अब भने अनिवार्य रूपमा दर्ता गर्नुपर्ने अन्यथा मोबाइल सेट सञ्चालनमा रोक लगाइने प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार असोजयता नेपाल भित्रिएका करिब १८ लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा दर्ता छैनन् । दर्ता नभएका यी मोबाइल प्रयोग र व्यवस्थापनका सन्दर्भमा प्राधिकरणले अर्थ मन्त्रालयसँग समन्वय गरेर अन्तिम निर्णय गर्ने उहाँले प्रस्ट पार्नुभयो । “ठूलो सङ्ख्यामा असोजयता भन्सारमा दर्ता नभएका मोबाइल प्रयोग भइरहेको सिस्टममा देखिन्छ,” उहाँले भन्नुभयो, “त्यस्ता मोबाइल व्यवस्थापन गर्ने विषयमा अर्थ मन्त्रालयको निर्देशनअनुसार नै कार्यान्वयन गर्छौं ...

समाचार स्रोत :