Follow us: Youtube Android App
बादल झप्प, टावर ठप्प
१० पुष २०७९

जुम्ला । कर्णालीमा एक दशकमा सबै भन्दा बढी परिवर्तन भएको क्षेत्र सडक र सञ्चार हुन् । कर्णाली घुमेर फर्कनेहरु सञ्चार र सडकमा भएको तीव्र विकासले सुने जस्तो विकट नभएको महसुस गर्छन । यद्यपी कर्णालीका मुख्य बजारमा सबै सुविधाले छोएपनि दुर्गम गाउँबस्तीमा विकास निम्न श्रेणीमै छ । अहिले पनि फोन गर्नका लागी डाँडाकाँडा चढ्नु पर्छ । चिठ्ठी, पत्र र रैवारले सुचना आदान प्रदान गरिहेका कर्णालीका दुरदराजका गाउँहरु विस्तारै सञ्चारको पहुँचमा जोडिदै छन् । तर केहि यस्ता बस्ती पनि छन्, जहाँ मोवाईलमा नेटवर्क भित्र्याउन डाँडा चढ्नु पर्छ, घाम पर्खनु पर्छ । जुम्लाको तातोपानी गाउँपािलका र चन्दननाथ नगरपालिकाका दर्जनौं बस्ती सञ्चार सँगको मधुरो सम्बन्धमा छन् ।

जमिनमा घाम हुन्जेल मात्रै टेलिफोन सेवा उपभोग गर्ने यी बस्तीहरु मा सुर्य अस्ताए सँगै मोवाईलको नेटवर्क पनि गाएब हुन्छ । तातोपानी गाउँपालिका ४ लाग्नामा रहेको एनटिसि टावरमा दीगो विद्युत व्यवस्थापन नभएपछि दर्जन बढी गाउँमा खबर आदान ,प्रदान गर्न सास्ती छ । अहिले पनि रैवार बाट खबर पठाउनु पर्ने बाध्यता छ ।

१८ औं सताब्दीमा टेलिफोनको आविष्कार भएपनि २१ औं शताब्दी सम्म कर्णालीका विकट बस्तिहरुले यसको भरपुर लाभ लिन नसकेको तातोपानी गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष अम्मर बहादुर रोकायाले बताए । ‘लाग्नाको टावरमा सोलार व्याकप छैन, विद्युप पुर्याउन नेपाल टेलिकमले चासो दिएको छैन, आकाशमा बादल झप्प भयो कि टावर ठप्प हुन्छ ।’ वडा अध्यक्ष रोकायाले भने । तातोपानी भित्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमबाडा , ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिँड, कोटिला, रोकायाबाडा, श्रीढुस्का, बारकोटे बाडा, खल्लागाउँ,सिलाम, माझगाउँ लगाएतका बस्तीमा विहान १२ बजे अघि र बेलुका पाँच बजे पछि टोवर गाएब हुन्छ । नेपाल टेलिकम दुर सञ्चार कार्यालय जुम्लालाई बारम्बार ध्यानार्कषण गर्दा समेत चासो नदिएको तातोपानी ४ का स्थानीय कालि बहादुर सार्कीले बताए ...

समाचार स्रोत :