Follow us: Youtube Android App
जहाज दुर्घटनास्थलमा ‘फोटो सेसन’!
१ माघ २०७९

काठमाडौंबाट पोखराको लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।

पोखराको घारीपाटन नजिकै सेती नदीको खोँचमा एएनसी एटीआर–७२ जहाज दुर्घटनामा परेसँगै केही स्थानीय उद्दारको लागि दौडिए,केहीले सामाजिक सञ्जालमा जल्दै गरेको जहाजको भिडियो पोष्ट गरे।

तस्वीरहरु सामाजिक संजालभर छ्यापछ्याप्ती भए। यहाँसम्म त ठीकै थियो। तर, एकाएक घटनास्थलमा सर्वसाधारणको भीड लाग्यो।

उनीहरुको कारण उद्दारमा कठिनाइ भयो। सेती खोंचबाट निकालिएका शवहरु शवबाहन पुर्‍याउन गाह्रो भयो। कतिसम्म भने सर्वसाधारणले एम्बुलेन्सलाई बाटो छाडेनन्।

अहिले सामाजिक सञ्जालमा एउटा यस्तै तस्वीर चर्चामा छ। उक्त तस्बिरमा एक युवा जलिरहेको जहाजलाई पार्श्वभागमा राखेर अर्को साथीको हातमा रहेको मोबाइल क्यामेराको लागि पोज दिँदैछन्। सायद उनले टिकटक बनाएको पनि हुनसक्ने अड्कलबाजी गरिएको छ ...

समाचार स्रोत :