Follow us: Youtube Android App
कुलमानले पुनः नियुक्ति लिन प्रतिस्पर्धाबाट आउनुपर्छ : प्रधानमन्त्रीका सल्लाहकार थापा
३० भदौ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा सत्तारुढ नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले नेपाल विद्युत प्राधिकरणमा पुनः कार्यकारी निर्देशकको नियुक्ति लिन कुलमान घिसिङले प्रतिस्पर्धाबाट आउनुपर्ने बताएका छन्।

दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाउन र ठूलो घाटा व्यहोरिरहेको प्राधिकरणलाई नाफमा लैजान नेतृत्व गरेका कुलमान पहिलो चार वर्षे कार्यकाल पूरा भएपछि आइतबारदेखि पुनः नियुक्तिको पर्खाइमा छन्। उनलाई पुनः नियुक्ति दिन सरकारमाथि ठूलो जनदबाब छ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकमा कुलमानलाई पुनः नियुक्ति दिने निर्णय हुने अपेक्षा गरिएको थियो तर मन्त्रीपरिषदमा औपचारिक प्रस्ताव नै आएन्। उर्जामन्त्री वर्षमान पुनले प्रस्ताव ल्याउन खोज्दा प्रधानमन्त्री ओलीले कानुनी विषय थप बुझ्नु पर्ने भन्दै पन्छाएको स्रोतहरूले जनाएका छन् ...

समाचार स्रोत :