कोरोना नियन्त्रण र रोकथामका लागि भन्दै देशव्यापी रूपमा गरिएको लक-डाउन र निषेधाज्ञाको असर पछिल्ला दिनहरूमा देखिन थालेको छ ।
मूल्यवृद्धि उच्च छ, जनता आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन्, किसानले मल पाइरहेका छैनन् । तरकारीमा विषादी नियन्त्रणको कामबारे केही सुनिएको छैन । काठमाडौंलगायत कतिपय ठाउँका सडकमा खाल्डाखुल्डीका संख्या बढेर गएका छन् । राष्ट्रिय गौरवका आयोजनाहरू तोकिएको समयमा पूरा हुन सकेका छैनन् । कोरोनाकै कारण नेपालमा स्वास्थ्य सेवाको प्रभावकारिता बढेको अनुमान गरिएका बेलामा अस्पतालहरूमा कोरोना बाहेक अन्य रोगको उपचार हुनै छाडेको छ ...