Follow us: Youtube Android App
२५७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
२४ कात्तिक २०७७

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ५७१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५७१ संक्रमित थपिएका हुन् ।


त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ७९८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५९ हजार ७२४ जना डिस्चार्ज भएका छन् ...

समाचार स्रोत :