Follow us: Youtube Android App
देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा,सरकारद्वारा वार्ता टोली गठन
१३ पुष २०७७

देशभरका स्वास्थ्यकर्मी विभिन्न १८बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । एक महिनासम्म उनीहरूका मागको वास्ता नगरेको सरकारले देशभरका स्वास्थ्यकर्मी आन्दोलन उत्रिएपछि वार्ता टोली गठन गरेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार वार्ता समितिमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम र प्रशासन महाशाखाका सहसचिव दामोदर रेग्मी सदस्य छन् । समितिका संयोजक डा. पोखरेलले केही दिनभित्र वार्ता गरी समस्या समाधान गर्ने बताए । नयाँ मन्त्री आएकाले वार्ताका लागि एक–दुई दिन लाग्ने उनको भनाइ छ ...

समाचार स्रोत :