Follow us: Youtube Android App
बुधबार बस्ने बैठकका लागि कांग्रेसका दुई समूहको बेग्ला बेग्लै रणनीति
४ फागुन २०७७

काठमाडौं । विधान कार्यान्वयन गर्न असक्षम कांग्रेस केन्द्रीय कार्यसमितिको रणनीतिक बैठक बुधबार बस्दैछ । पार्टीको १४औं महाधिवेशन कार्यतालिका संसोधन गर्नु बैठकको मुख्य एजेण्डा हो । किनभने वर्तमान केन्द्रीय समितिको अस्तित्व दुई दिनपछि समाप्त हुँदैछ । पार्टी समायोजनको उल्झनमा फसेको कांग्रेसले फागुन ७ को मितिलाई पछ्याउन सकेन ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनलाई सुनिश्चित गर्ने र संविधानलाई सुरक्षित गर्ने एजेण्डामा छलफल हुने वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ छ । त्यसअघि छलफलमा उठाउने एजेण्डा तय गर्न पौडले समूहको बैठक बस्नेछ ।

निर्धारित कार्यतालिका अनुसार महाधिवेशन गर्न नसक्नुको कारण संस्थापन पक्षसँग खोज्ने पौडेल समूहको तयारी रहेको बुझिन्छ । यस्तै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आन्दोलनको माहोल बनाउने तयारीमा पौडेल समूह लागेको छ । संस्थापन पक्ष पनि पार्टीभित्र बारम्बार भइरहेको असहयोगको लेखाजोखा गर्ने मनस्थितिमा छ ...

समाचार स्रोत :