नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा अदालतले गर्ने फैसला कुर्न आग्रह गरेका छन्।
जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ? भनेर उनले प्रश्न गरेका छन्।
‘सडकमा जुलुस ल्याएर न्याय पाइँदैन, हामीसित पैसा पनि छैन। ठाउँ/ठाउँमा जुलुस पुर्याउन पनि सक्दैन। जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ? जुलुसमा कति मान्छे आए भनेर हुन्छ ? त्यत्रो जुलुस ल्याउन हामीसित पैसा पनि छैन,’ देउवाले भने ...