काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको विश्वास गर्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार काँग्रेस नुवाकोट जिल्ला कार्यसमितिको भवन उद्घाटन गर्दै देउवाले भने, ‘संविधान सम्बन्धी कुरा, कानुन नियमको कुरा गर्ने अदालत बाहेक को छ यहाँ ? अदालतलाई विश्वास गरौं न प्लिज । अदालतलाई विश्वास नगरेर कसको गर्ने यहाँ ?’
अदालतलाई धम्क्याएर तर्साएर काम गराउने भए अदालत किन चाहियो भन्ने देउवाको प्रश्न थियो । ‘अदालतलाई धम्क्याएर तर्साएर काम गराउने भए अदालत हटाइदिए भयो त । जसले बढी धक्म्याउछ उसको कुरा माने भइहाल्यो नि ,’ उनले
यस्तै देउवाले चुनाव हुँदैन भन्ने डर हटाउन आग्रह गर्दै चुनावका लागि तयार रहन निर्देशन दिए । 'डराएर कहीँ हुन्छ। डर हटाउनुस्। चुनावमा भाग लिने जित्ने हो,’ उनले भने ...