Follow us: Youtube Android App
नेकपाको खुट्टा दुइटा डुंगामा
२१ फागुन २०७७

काठमाडौँ — संसद् सचिवालयमा बिहीबार नेकपाको दुई खेमाका स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल र घनश्याम भुसालबीच संवाद चल्यो । निर्वाचन आयोगले निर्णय नगरिदिँदा विभाजनको औपचारिक चरणमा प्रवेश नगरिसकेको नेकपा जुटाउने उपाय खोज्दै पोखरेल र भुसालबीच यसअघि पनि बारम्बार छलफल भइरहेका थिए ।


भुसाल–पोखरेलको भेटलगत्तै बिहीबारै संसद् सचिवालयमा अर्को दृश्य देखियो– देव गुरुङसहितका नेताहरूले नेकपा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरीलाई जिम्मेवारीबाट हटाइएको निवेदन सचिवालयमा दर्ता गरे । संसद् सचिवालयमा एकै दिन देखिएका यी दुई फरक दृश्य नेकपाको दुवै खेमाभित्रको तात्कालिक परिस्थिति हो । दोस्रो पुस्ताका अधिकांश नेता र सांसदहरू विभिन्न विकल्पमा छलफल गरेर पार्टी एकता बचाउनुपर्ने पक्षमा रहेका बेला नेतृत्व पंक्ति भने आफ्नै नेताहरूलाई कारबाही गर्दै आगामी सत्ता समीकरणका लागि कांग्रेससँग सहकार्य गर्न खोजिरहेका छन् ।

दाहाल–नेपालले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने र सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्ने जानकारी बुधबारको केन्द्रीय कमिटी बैठकमा दिइसकेका छन् । ‘बैठकमा नेकपा एकताबद्ध राख्ने विषयमा केही सम्भावना छ कि भन्ने कुरा उठेको थियो,’ एक केन्द्रीय कमिटी सदस्यले कान्तिपुरसँग भने, ‘तर माधव कमरेडले त्यो सम्भावना छैन । अबको प्रधानमन्त्री शेरबहादुर देउवालाई नै मानेर जाने हो भन्नुभयो । त्यसैले कतिपय साथीहरूले एकताको कुरा गरे पनि त्यो मैले सम्भव देख्दिनँ ...

समाचार स्रोत :