Follow us: Youtube Android App
मिर्गौला दोस्रो प्रत्यारोपणको १ वर्ष : सक्रियताले चिकित्सक चकित
२१ फागुन २०७७

काठमाडौं : ‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन। त्यसैगरी भर्खर जागृत हुँदै गरेको सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न। भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ। कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई सबै मिलेर जगाऔं। म पुनः आग्रह गर्छु– मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क हुनुहोस्।’


दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि ६९ वर्षीय ओली झन् सक्रिय देखिएका छन्। स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएका मुलुकका कार्यकारी प्रमुखको सक्रियता र आत्मविश्वास देखेर उपचारमा संलग्न चिकित्सक पनि चकित छन्।

सामान्यतयाः मानिसको शरीरमा एउटा वा दुईवटा मिर्गौला हुन्छ। तर, प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला छन्। ती मिर्गौलामध्ये एउटा मिर्गौलाले मज्जासँग काम गरिरहेको छ। त्यही प्रत्यारोपित मिर्गौलाको भरमा उनी सक्रिय छन्। रोग र राजनीतिक संघर्ष झेल्दै आएका उनी फुर्तिला देखिन्छन् ...

समाचार स्रोत :