राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा दलहरुले छलफल सुरु गरेका छन्। पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच यसबारे छलफल सुरु भएको हो।
प्रधानमन्त्री ओलीले राजीनामा नदिए यी दलले प्रतिनिधिसभा बैठक सुरु हुनुअघि नै कांग्रेसको नेतृत्वमा अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन्।
नेकपा र जसपासँग संवादमा रहेका कांग्रेसका सभापति शेरबहादुर देउवा निकट एक नेताका अनुसार आइतबार बिहानसम्ममा प्रस्ताव दर्ता हुनेछ। सोही दिन (फागुन २३ गते) अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ...