Follow us: Youtube Android App
धान रोप्ने मेसिन हेर्दै किसानले सोधे- हाम्रा दुःखका दिन सकिएकै हुन् त?
२१ फागुन २०७७

रत्ननगर नगरपालिका-६ मा रहेको साना किसान कृषि सहकारी संस्था बछौलीको परिसरमा नौलो मेसिन देखिएपछि स्थानीयलाई कौतुहलता भयो। केही दिनदेखि नै उनीहरूले सहकारी संस्थामा धान रोप्ने मेसिन ल्याइँदैछ भन्ने गाइँगुइँ सुनिरहेका थिए।

मेसिन आइपुग्नेबित्तिक्कै स्थानीयले त्यसलाई घेरिहाले। यसको विषयमा सबैभन्दा बढी चासो महिलाहरूलाई थियो। सानो ट्याक्टरजस्तो देखिने त्यो उपकरणले कसरी धान रोप्ला भन्ने जान्न उनीहरू निकै उत्साहित देखिन्थे।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले सहकारी संस्थामार्फत् धान रोप्नका लागि चीनबाट दुई वटा चारचक्के मेसिन मगाएको थियो। एकै पटकमा ६ लाइनमा धान रोप्ने यस्तो मेसिन सहकारी संस्थामार्फत् सञ्चालनमा आउन लागेको देशमै पहिलो पटक हो। यसअघि झपाको महारानीझोडामा एक जना व्यवसायीले यस्तो मेसिन भित्र्याएका थिए ...

समाचार स्रोत :