Follow us: Youtube Android App
संसारभर २७ सय ५५ अर्बपति, यी हुन् १० सर्वाधिक धनाढ्य
२५ चैत्र २०७७

चर्चित म्यागजिन फोर्ब्सको ३५औँ वार्षिक अर्बपति सूचीमा यो वर्ष अमेजनका जेफ बेजोसले बाजी मारेका छन्।

संसारकै धनाढ्य उनको सम्पत्ति १ खर्ब ७७ अर्ब अमेरिकी डलर पुगेको छ। एक वर्षअघिको तुलनामा उनको सम्पत्ति ६४ अर्ब डलर बढी हो। अमेजनको सेयर मूल्य बढ्दा बेजोस सर्वाधिक धनी बन्न पुगेका हुन्।

दोस्रो स्थानमा भने टेस्लाका प्रमुख एलन मस्कले ओगटेका छन्। उनको सम्पत्ति १ खर्ब ५१ अर्ब डलर छ। एक वर्षअघि उनको सम्पत्ति १ खर्ब २६ अर्ब डलर थियो। तर उनी छोटो समयमा धेरै धनार्जन गर्ने अर्बपति हुन्। गत वर्ष उनी ३१औँ नम्बरमा थिए। तर यो वर्ष टेस्लाको सेयर ७०५ प्रतिशतले बढेपछि उनी संसारकै दोस्रो ठूलो धनी बनेका हुन्।

तेस्रो स्थान फ्रेन्च लक्जरी सामान व्यापारी बर्नार्ड आर्नल्ट बनेका छन्। उनको सम्पत्ति १ खर्ब ५० अर्ब डलर छ। चौथो स्थानमा माइक्रोसफ्टका मालिक बिल गेट्स छन्। उनको सम्पत्ति १ खर्ब २४ अर्ब डलर छ। पाँचौँ स्थानमा रहेका फेसबुकका मार्क जुकरबर्गको सम्पत्ति ९७ अर्ब डलर छ। छैठौँ स्थानमा भने बर्कशाइर हाथावेका वारेन बफेट छन्। उनको सम्पत्ति ९६ अर्ब डलर छ ...

समाचार स्रोत :