Follow us: Youtube Android App
पोखराका पर्यटन व्यवसायीको गुनासो : नयाँ वर्ष पनि सुख्खा हुने भयो
२६ चैत्र २०७७

पोखरा । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विभिन्न कार्यक्रम हुँदै आए पनि कोरोना संक्रमणका कारण लगातार दोस्रो वर्ष त्यो परम्परा टुट्ने भएको छ । सरकारले राति ९ बजेपछि रेष्टुरेन्ट व्यवसाय सञ्चालन नगर्न भनेपछि त झनै यसपालिको नयाँ वर्षमा पर्यटन व्यवसाय सुख्खा हुने भएको छ ।

कोरोना संक्रमण बढ्न थालेसँगै स्थानीय प्रशासनले मेला, महोत्सवमा रोक लगाएपछि अब नयाँ वर्षमा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमसमेत रोक्ने भएको छ ।  

आशन्न नयाँ वर्षको अवसरमा विभिन्न मेला र महोत्सव आयोजना गरेर पर्यटकलाई आकर्षित गर्दै आएका पोखराका व्यवसायीहरु मुख्य सिजनमा पनि सुख्खा बस्नुपर्ने अवस्था आएको भन्दै चिन्तित देखिएका छन् ...

समाचार स्रोत :