Follow us: Youtube Android App
१७ हजार ३ सय ८ जनाकाे नमुना परीक्षण गर्दा झन्डै ३ हजार जनामा काेराेना पुष्टि
८ साउन २०७८

काठमाण्डाै । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार नौ सय ८२ जना र तीन हजार ६ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ९५ जना गरी दुई हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा कुल परीक्षणको १७ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ३० हजार एक सय ४६ जना पुगेको छ ...

समाचार स्रोत :